पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

हिमालय टिभी
२०७७ माघ ५ गते १८:५५
पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

५ माघ २०७७ काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले माघ १ गते बालिका बलात्कार गरेको आरोपमा कपिलवस्तु वाणगङ्गा नगरपालिका वडा नम्बर १२ का ओमबहादुर विकलाई पक्राउ गरेको हो ।

बालिकालाई खानेकुराको प्रलोभनमा पारेर बलात्कार गरी बाँसको झाडीमा छाडिएको थियो । अचेत अवस्थामा भेटिएकी बालिकाको भैरहवा मेडिकल र बुटवल प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल ल्याइएको छ ।

बालिकाको दाँया गाला र बाँया आँखामा चोट लागेको छ । बालिकाको गालाको शल्यक्रियासमेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *