आफ्नै घरमा महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ

हिमालय टिभी
२०७७ माघ ५ गते १६:५०
आफ्नै घरमा महिला मृत फेला, हत्या आशंकामा श्रीमान पक्राउ

५ माघ २०७७ मकवानपुर । मकवानपुरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ खोलेखेतमा ४६ वर्षीया श्रीमाया गोले मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । श्रीमायाको हत्या गरेको आशंकामा श्रीमान देवराज गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई गोलेले कुट्पिट गरी भर्‍याङबाट खसालेर हत्या गरेको स्थानीयको भनाइ छ । देवराजले यसअघि पनि श्रीमायालाई कुटपिट गर्ने गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *