सत्तारुढ नेकपाका कार्यकर्ता एकअर्को पक्षमाथि जाइलाग्न थाले

हिमालय टिभी
२०७७ माघ ५ गते १३:२८
सत्तारुढ नेकपाका कार्यकर्ता एकअर्को पक्षमाथि जाइलाग्न थाले

५ माघ २०७७ हुम्ला । विभाजनको मुखमा रहेको सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् ।

केन्द्रमा शीर्ष नेताबीच वाकयुद्ध चलिरहेका बेला हुम्लामा भने कार्यकर्ताबीच कुटाकुट भएको छ । हुम्लामा नेकपाको ओली र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो।

झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते हुनुभएको छ । वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले बताउनुभयो ।

थापाको टाउको तथा मुखमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ। वडा अध्यक्ष थापा पूर्व माओवादीबाट निर्वाचित हुनुभएको थियो । तर अहिले ओली समूहमा लागेपछि प्रचण्ड पक्षधर थापासँग रुष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *