हुस्सुले नेपालगञ्ज विमानस्थलमा उडान प्रभावित (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते २०:४५
हुस्सुले नेपालगञ्ज विमानस्थलमा उडान प्रभावित (भिडियोसहित)

३ माघ २०७७ नेपालगञ्ज । बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट कर्णाली प्रदेश तथा काठमाडौंका उडान एक हप्तादेखि प्रभावित छन् । नेपालगन्जमा बिहान बाक्लो हुस्सु लाग्न थालेपछि भिजिबिलिटी कम भएका कारण विमानस्थल नै ढिलो खुल्ने गरेको छ ।

मौसम प्रतिकुलताका कारण नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्ध हुने क्रम बढ्दै गएको छ । नेपालगन्जबाट उडान हुनका लागि विमानस्थल क्षेत्रको भिजिबिलिटी कम्तिमा पनि १६ सय मिटरसम्म हुनुपर्छ । तर पछिल्लो समय बाक्लो हुस्सुका कारण भिजिविलिटी कम छ।

तराईका जिल्लामध्ये नेपालगन्ज विमानस्थलमा मौसम तुलनात्मक रुपमा राम्रो हुन्छ । समुुद्री सतहबाट तराईका अन्य विमानस्थलभन्दा नेपालगन्ज विमानस्थल अग्लो स्थानमा छ । तर पछिल्ला दिनमा मौसम प्रतिकुलताका कारण उडान ढिलो हुने र रद्ध हुने क्रम बढ्दै गएको छ ।

नेपालगञ्ज विमानस्थलको मौसमको असर धनगढी र सुर्खेतको विमानस्थलबाट हुने उडानमा समेत पर्ने गरेको छ ।

नेपालगन्जबाट हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको दुनै, जुम्ला, बाजुराको कोल्टीमा नियमित उडान हुन्छ । नेपालगन्जबाट काठमाडौंमा मात्रै दैनिक ८ वटा उडान हुन्छ । यी उडानबाट दैनिक करव १२ सय यात्रु ओहोरदोहोर गर्ने गरेका छन् । उडानमा भएको समस्याले अहिले यात्रुलाई सास्ती भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *