मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०७७ माघ २ गते ७:४५
मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते

२ माघ २०७७ महेन्द्रनगर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *