वैज्ञानिक वनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाही गर्छु– वन मन्त्री आले (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष २७ गते १७:४८
वैज्ञानिक वनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाही गर्छु– वन मन्त्री आले (भिडियोसहित)

२७ पुस, काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा गलत काम गर्नेलाई कारबाही गर्ने बताउनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघले भक्तपुरमा आज गरेको कार्यक्रममा मन्त्री आलेले वैज्ञानिक वनको नाममा भ्रष्टाचार गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

आफुमाथि वन फँडानी गरेको निराधार आरोप लगाइएको भन्दै मन्त्री आलेले खण्डन गर्नुभयो । विक्रम संवत २०५५ सालमा आवादी जग्गाको रुख कटान गर्दा घुस नखाएकाले आफूलाई वन फडानी गरेको आरोप लगाइएको उहाँको दाबी छ । आफूलाई जिल्ला अदालत, पुनरावेदन अदालतले निर्दोष ठहर गरि सकेको पनि मन्त्रीले बताउनुभयो ।

मन्त्री आलेले विकास निर्माण र गौरवका आयोजनालाई वनको कारणले रोक्न नहुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *