बुटवलका पक्की घरहरुमा डोजर चलेपछि… (भिडियोसहित)
२६ पुस, रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत वुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक किनारमा अतिक्रमित संरचना भत्काउन थालिएको छ । डिभिजन सडक कार्यालय बुटवलले २४ घण्टे सुचना जारी गरेर त्यो समायावधी पुरा भए लगत्तै घरटहरा भत्काउन सुरु गरेको हो ।
बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक किनारमा अतिक्रमित संरचना अब यस्तै गरेर भत्काइनेछ । बुटवल बेलहिया ब्यापारिक मार्ग बिस्तार आयोजनाले सिमा भित्रका घर टहरा तथा त्यहाँ बनेका संंरचना भत्काउने २४ घण्टे अल्टिमेटम दिएको थियो । तर कतिपयले जानकारी नै पाएनन् । त्यसैले उनीहरु आक्रोशित छन् ।
सडक क्षेत्र मिचेर बनेका घर टहरा खाली गराउन अदालतले बाटो खोलिदिएपछि डिभिजन सडक कार्यालय बुटवलले सडक क्षेत्रभित्रका घरमा डोजर चलाएको हो । सडक मिचेको घरमा डोजर चलाए पनि त्यसको निसानामा भने त्यै घरमा व्यवसाय गर्ने व्यवसायी पनि परेका छन् ।
बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक खण्डमा ३ सय १० घर र खाली जग्गा धनी ४७ जना गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा २ सयभन्दा बढीले यसअघि नै अतिक्रमित संरचना भत्काएका थिए । यो सडक खण्ड ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम डेढ वर्षदेखि रोकिएको थियो ।
तर गत असार सर्बोच्च अदालतका न्यायाधिस सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त ईजलासले पुरानो आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै अतिक्रमित संचरना हटाउन बाटो खोलिदियो । र अहिले बुटवल बेलहिया ब्यापारिक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्रका घरटहरा र अरु संंरचना भत्काउन थालेको हो ।
प्रतिक्रिया