चितवनमा आजदेखि चरा गणना सुरु

हिमालय टिभी
२०७७ पुष २६ गते १२:२६
चितवनमा आजदेखि चरा गणना सुरु

२६ पुस, चिवतन । आजदेखि चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिने भएको छ ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर चितवनमा चरा गणना हुन लागेको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष बासु बिडारीले बताउनु भएको छ । गणनाका लागि कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ । त्यस्तै लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ ।

निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिंदै छ । बिस हजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने छ । त्यस्तै बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ । नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुनेछ ।

यस वर्ष पहिलोपटक विस्तृत रुपमा रिउ खोलामा पनि चरा गणना गरिंदै छ । गणनामा पचास जनाभन्दा धेरै गणक सहभागी हुने र ६ दिनभित्र गणना सम्पन्न गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *