साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटाउने कदमप्रति नेपालको स्वागत

हिमालय टिभी
२०७७ पुष २२ गते १९:००
साउदीले कतारमाथि लगाएको नाकाबन्दी हटाउने कदमप्रति नेपालको स्वागत

२२ पुस, काठमाडौं । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएकोमा नेपालले स्वागत गरेको छ ।

साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने निर्णय गरेकोमा स्वागत गर्दै परराष्ट्र मन्त्रालयले यसलाई गल्फ कोअपरेसन काउन्सिल जीसीसीले लिएको महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिएको छ । साउदी र कतारबिचको सहमतिले अरब क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने विश्वास लिएको नेपालको प्रतिक्रिया छ ।

मन्त्रालयले जिसीसीका सबै मुलुकहरुसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राखेको समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *