भारतमा बर्डफ्लू देखिएपछि नेपालमा पनि उच्च सतर्कता

हिमालय टिभी
२०७७ पुष २२ गते १८:११
भारतमा बर्डफ्लू देखिएपछि नेपालमा पनि उच्च सतर्कता

२२ पुस, काठमाडौं । छिमेकी राष्ट्र भारतका विभिन्न राज्यमा बर्डफ्लु देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।

विशेष गरेर भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्न थालिएको सरकरी अधिकारीले बताएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डाक्टर विमलकुमार निर्मलले सीमा क्वारेन्टाइनलाई कडा बनाउन र प्रयोगशालालाई तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको बताउनुभयो ।

सरकारले बर्डफ्लु भित्रिन नदिन तथा नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको निर्मलले बताउनुभयो । किसानलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रुपमा क्वारेन्टाइन प्रयोग गर्नुपर्ने, हेल्थ सर्टिफिकेट लिनुपर्ने र कहिँकतै ठुलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन पनि मन्त्रालयले आग्रह गरेको छ । जाडो महिनामा आउने रोग भएकाले आगामी १ महिना विशेष सजगता अपनाउनुपर्ने निर्मलको भनाइ छ ।

कोरोना महामारी शुरु भययता नेपालमा वर्डफ्लुको संक्रमण देखिएको थिएन । तर अहिले भारतमा बर्डफ्लु आएकाले सचेत हुनुपर्ने देखिएको निर्मलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *