संसद विघटनको मुद्धामा वृहत पूर्ण इजलासको माग

हिमालय टिभी
२०७७ पुष २२ गते १५:४३
संसद विघटनको मुद्धामा वृहत पूर्ण इजलासको माग

२२ पुस, काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाईका लागि वृहत पूर्ण इजलास गठनको माग भएको छ । रिट निवेदकहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलाश समक्ष संयुक्त निवेदन दिँदै वृहद ईजलाशको माग गरेका हुन ।

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले रिट निवेदकहरुको तर्फबाट संयुक्त निवेदन पेश गर्नुभएको छ । संवैधानिक इजलासले अन्तिम व्याख्याका लागि वृहत पूर्ण इजलास गठनको आदेश दिनुपर्ने उनीहरुको माग छ ।प्रतिनिधिसभा विघटन गर्ने विषय संवैधानिक व्याख्याको विषय मात्र नभई संविधान र कानूनको गम्भीर व्याख्या गर्नुपर्ने विषय भएको र यसको अन्तिम व्याख्या बृहत पूर्ण इजलासले मात्र गर्न उनीहरुको तर्क छ ।

यो मुद्दा संवैधानिक ईजलाशको क्षेत्राधिकार भित्र नपर्ने रिट निवेदकहरुको दावी छ । तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने पछि पूनर्विचार गर्ने भन्दै टारिदिनुभएको छ । कानुन व्यवसायीहरुले इजलास गठनका विषयमा असन्तुष्टि जनाएपनि प्रधानन्यायाधीशले ईजलाशमा पुरानै टिमलाई निरन्तरता दिनुभएको छ । संवैधानिक इजलासमा वरिष्ठलाई पन्छाएर कनिष्ठलाई सदस्यलाई राखिएको भन्दै आलोचना हुँदै आएको छ ।

यस्तै न्यायाधीश कार्की केपी शर्मा ओली निकट नेकपा नेता सुवास नेम्वाङ र महान्यायाधीवक्ता अग्नि खरेलसँग निकट भन्दै स्वार्थ बाझिन सक्ने चिन्तासमेत व्यक्त भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *