थप ४०३ जनामा कोरोना पुष्टि, मृतकको संख्या ५,२८९ पुग्यो
२०७७ पुष २० गते १६:३७

कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ८ ८ ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक संक्रमित र मृतकको संख्या घट्दै गएको छ । पछिल्लो पटक ४४०१ जनाको पिसिआर परीक्षण गर्दा ४०३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या २,६२,२६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ५९४ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमणमुक्त हुनेको संख्या पनि २,५५, ८८ पुगेको छ । मन्त्रालयका अनुसार देशभर ५,२८९ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया