पेस्तोल र ५० राउण्ड गोलीसहित एक जना त्रिभूवन विमानस्थलबाट पक्राउ

हिमालय टिभी
२०७७ पुष २० गते १५:१३
पेस्तोल र ५० राउण्ड गोलीसहित एक जना त्रिभूवन विमानस्थलबाट पक्राउ

२० पुस २०७७ काठमाडौं । काठमाडौंबाट हतियार सहित झापाको भद्रपुर जान लागेका एक जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको छ ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरीले झापाको मेचीनगर नगरपालिका–२ बद्रीहाङ राईलाई ५० राउन्ड गोली र पेस्तोलसहित विमानस्थलबाट पक्राउ गरेको हो । २० वर्षीय राई श्री एयरलाइन्सको उडानमा भद्रपुर जान लागेको खुलेको छ ।

विमानस्थलमा जाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । राईलाई आवश्यक अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *