कारले ठक्कर दिँदा पाटे बाघको मृत्यु
२०७७ पुष १८ गते १३:०६

१८ पुस २०७७, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा कारको ठक्करबाट एउटा पाटे बाघ मरेको छ ।
हेटौंडाबाट सर्लाहीका लागि छुटेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको बाघलाई आज बिहान ठक्कर दिएको थियो । कारको ठक्करबाट टाउको फुटेर बाघ सडकमै मरेको हो ।
बाघलाई ठक्कर दिने कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्रलाई पक्राउ गरी प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।
निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवका अनुसार मिश्रलाई आवश्यक कारबाही अगाडि बढाइएको छ । संरक्षित वन्यजन्तुको सूचीमा रहेको पाटे बाघ मार्न पाइँदैन ।
प्रतिक्रिया