गुडिरहेको मोटरसाइकलबाट पाटे बाघले झम्टेर महिला लग्यो

हिमालय टिभी
२०७७ पुष १८ गते १२:४८
गुडिरहेको मोटरसाइकलबाट पाटे बाघले झम्टेर महिला लग्यो

१८ पुस २०७७ बर्दिया । बर्दियामा मोटरसाइकलमा सवार एक महिलालाई पाटे बाघले झम्टेर लगेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिकबाट कैलाली लम्किचुहा नगरपालिका वडा नम्बर ४ की ५० वर्षीया नन्दकला थापालाई पाटे बाघले झम्टेर लगेको हो ।

उपचारपछि सु. प. प. ०१ ०० ८ प ६८ ०१ नम्बरको मोटरसाइकलमा घर फर्कदै गर्दा बाघले आमालाई आक्रमण गरेको नन्दकलाका छोरा सन्तोष थापाले जानकारी दिनुभयो ।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

नन्दकलाले लगाएको स्वेटर र चप्पल जंगलमा भेटिएको छ । अबदेखि बेलुका भएपछि निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *