संखुवासभामा विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान
२०७७ पुष १२ गते २०:२५

१२ पुस २०७७ संखुवासभा । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच गोली हानाहान भएको छ ।
प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुवँरका अनुसार संखुवासभाको टोली चैनपुर–४, मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर गोली हानेपछि प्रहरीले पनि जवाफी फायर गरेको हो ।
घटनास्थलबाट जिलेटीन लगायतका केही सामग्री बरामद भएको छ । कोही पनि पक्राउ परेका छैनन् । विप्लव समूहका नेता–कार्यकर्ता भएको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।
प्रहरीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको प्रहरीले दावी छ । विप्लव समूहका कार्यकर्ता जंगलतीर भागेका छन् ।
प्रतिक्रिया