बुटवलमा शुरु भयो जिपलाइन (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १२ गते १८:३३
बुटवलमा शुरु भयो जिपलाइन (भिडियोसहित)

१२ पुस २०७७ बुटवल । बुटवलमा साहसिक खेल जीप लाइन शुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ४ जना युवाको संयुक्त लगानीमा हिलपार्कमा जीप लाइन संचालनमा ल्याइएको हो । लुम्बिनी प्रदेशमै पहिलो पटक शुरु गरिएको जीपलाइन लोकप्रिय बन्ने संचालकको विश्वास छ ।

खेलकूदका अनेक पारखी रहेको बुटवलमा एउटा नयाँ साहसिक खेल भित्रिएको छ ‘जीप लाइन’ । त्यो पनि बुटवललाई एकसाथ नियाल्न सकिने अग्लो र आकर्षक स्थान हिलपार्कमा । हिलपार्क र उत्तरको अर्को डाँडालाई जोड्ने गरी जीप लाइनको पूर्वाधार तयार गरी बाइल्ड बल्डर्स नेपाल प्रालिले संचालनमा ल्याएको छ ।

बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै जिप लाइन बनाइएको छ । कम्पन्नीले पर्यटकको ७ लाखको बीमा गरेर खेल्न दिने गरेको छ । जीप लाइनमा झुण्डिएर पर्यटकले बुटवल शहरको सुन्दर दृश्यावलोकन गर्न सक्छन् ।

यो जीपलाइईन एकतर्फी ६ सय ५० मिटर र अर्कोतर्फ ७ सय ५० मिटर गरी १ हजार ४ सय मिटर दूरीको छ । दुईतर्फी जीप लाइन नेपालकै पहिलो भएको सञ्चालकको दावी छ । कोरोना महामारीले शिथिल भएको पर्यटन व्यवसाय उकास्न जीपलाइनले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

करिब सवा करोडको लागतमा हिलपार्क जीप लाइन परियोजना अघि बढाइएको छ । पहिलो चरणमा जीप लाइनको आधारभूत पूर्वाधार तयार भएको छ । यसलाई बढाउँदै लैजाने संचालकको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *