समाज

सल्लेरी-लुक्ला सडक निर्माण अन्तिम चरणमा, अर्को वर्ष गाडीमा सरर (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १२ गते १७:३६
सल्लेरी-लुक्ला सडक निर्माण अन्तिम चरणमा, अर्को वर्ष गाडीमा सरर (भिडियोसहित)

१२ पुस २०७७ सोलुखुम्बू । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार मानिने लुक्लालाई सडक मार्गले जोड्ने तयारी छ । सोलुखुम्बुको सल्लेरीदेखि थामडाँडासम्म कच्ची धुले सडकमा गाडी गुड्न थालिसकेका छन् । यो सडकलाई लुक्लासम्म जोड्ने तयारी छ । यो सडक बनेपछि पर्यटकहरु पनि सडकबाटै सल्लेरी हुँदै लुक्ला पुग्न पाउने छन् ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट ९८ किलोमिटर लामो सडकमार्फत लुक्ला जोडिन्छ । तर यसको ६० किलोमिटरखण्ड कच्ची सडक तयार भैसकेको छ । सदरमुकाम सल्लेरी र चौरीखर्क जोडने सडकमा पर्ने दूधकोशीमा पुल निर्माणसँगै अहिले खुम्बु–पासाङल्हामु गाउँपालिकाको थामडाँडासम्म मोटरबाटो सञ्चालनमा छ । थामडाँडादेखि खुम्बु–पसाङल्हामुको केन्द्र चौारीखर्कसम्मको सडक ट्रयाक खोल्ने काम यही वर्ष सम्पन्न हुनेछ ।

अब ३८ किलोमिटर ट्रयाक खोलेपछि सगरमाथा जाने मुख्य प्रवेशद्वार लुक्लासम्म सडक पुग्नेछ । सदरमुकाम सल्लेरी र लुक्लासम्म सडक निर्माणका लागि तीनै तहको सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएका छन् ।

सडक पहुँचले नछोएको सगरमाथाको प्रदेशद्वार लुक्लालाई सडक मार्गले जोडेसँगै खाद्यान्न ढुवानी निकै सस्तो हुने स्थानीय बासिन्दाको अपेक्षा छ । अहिले सदरमुकाम सल्लेरीबाट थामडाँडासम्म गाडीमा नै खाद्यान्न ढुवानी हुन्छ । यसले खाद्यान्न अलि सस्तो भएको छ ।

सगरमाथाको एक मात्र प्रवेशद्वार मानिएको यो क्षेत्र सडक सञ्जालले जाडिएसँगै पर्यटकीय चहलपहल पनि बढ्ने स्थानीयबासिन्दाको अपेक्षा छ । त्यति मात्र होइन,लुक्लासम्म सडक पुगेसंगै मौसम प्रतिकुल हुँदा पर्यटकले समेत सडक मार्ग प्रयोग गर्ने पाउने छन ।

जसका कारण तेञ्जिङ हिलारी विमानस्थलको मौसम प्रतिकुल हुँदा हप्तौसम्म स्वदेशी तथा विदेशी पर्यटक लक्लामै अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *