पाकिस्तानका लागि पूर्वराजदूत लोहनीको निधन

हिमालय टिभी
२०७७ पुष १२ गते ११:२९
पाकिस्तानका लागि पूर्वराजदूत लोहनीको निधन

१२ पुस २०७७ काठमाडौं । पाकिस्तानका लागि नेपाली पूर्वराजदूत गोविन्द लोहनीको निधन भएको छ ।

९३ वर्षीय पूर्वराजदूत लोहनीको उपचारको क्रममा गएराति काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । पूर्वराजदूत लोहनीमा विगत दुई महिनादेखि स्वासप्रस्वास सम्बन्धी समस्या रहँदै आएको थियो ।

नेपाली राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लोहनी वरिष्ठ अर्थशास्त्री तथा लेखकका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।

अर्थशास्त्र र माक्सवादी लेखनमा प्रखर लोहनीले संस्कृति, दर्शन र साहित्यका विभिन्न विधामा पनि कलम चलाउनु हुन्थ्यो ।

विक्रम संवत् २ हजार ८ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले सम्पादन गरेको युगवाणीमा पनि उहाँको सिर्जना प्रकाशित भएको थियो । लोहनीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *