जनता समाजवादी पार्टीद्वारा संसद विघटनको विरोधमा देशभर प्रदर्शन (भिडियोसहित)
२०७७ पुष ८ गते १७:३५

८ पुस २०७७ विराटनगर । जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको विरोधमा आज देशैभर प्रदर्शन गरेको छ ।
विराटनगरको संसारीमाईबाट शुरु भएको विरोध जुलुस घाँसचौकमा गएर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै जसपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने कार्यलाई असंवैधानिक भन्दै त्यसको विरुद्ध शसक्त आन्दोलन गर्ने बताएका छन् ।
यस्तै जसपाले वीरगंजमा पनि प्रदर्शन गरेको छ । विरोध र्यालीपछि घण्टाघरमा भएको कोणसभाका वक्ताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले संसद विघटन गरिएको भन्दै पुनर्स्थापनाको माग गरेका थिए ।
प्रदर्शनका सहभागीहरुले संसद विघटन गरेर लोकतन्त्र, गणतन्त्र र संघीयतामाथि प्रहार भएको बताएका छन्।
प्रतिक्रिया