संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दश वटा रिट दायर

६ पुस २०७७ काठमाडौं । संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध अहिलेसम्म सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै कानून व्यवसायी रिट लिएर सर्वोच्च पुगेका थिए । हिजो ३ वटा रिट पेश भएकोमा आज अहिलेसम्म थप ७ वटा रिट आइसकेको सर्वोच्चले जनाएको छ ।
सर्वोच्चले संसद विघटनसम्बन्धी आएका रिटलाई अहिलेसम्म दर्ता भने गरेको छैन । सबै रिटलाई अध्ययन गरेर मिल्ने जतिलाई एकैपटक दर्ता गर्ने सर्वोच्च अदालतको तयारी छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि धेरैको आँखा अब न्यायालयमा छ । संविधानका जानकारले अहिलेको संविधानले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बताउँदै आएका छन्।
यस्तै संसद विघटनविरुद्ध नेकपाका बहुमत सांसद पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसका लागि अहिले हस्ताक्षर संकलन कार्य भइरहेको छ ।
प्रतिक्रिया