टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर घाइते युवकको मृत्यु

हिमालय टिभी
२०७७ पुष ६ गते १४:०१
टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट लडेर घाइते युवकको मृत्यु

६ पुस, २०७७ दाङ । पश्चिम दाङमा टिकटक बनाउने क्रममा झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ ।

कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

थापा शनिबार दिउँसो दुई बजेतिर बबई वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा लड्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *