महिला सशक्तिकरणको सन्देशसहित श्रेष्ठको मेची–महाकाली साइकल यात्रा

हिमालय टिभी
२०७७ पुष ४ गते १८:३६
महिला सशक्तिकरणको सन्देशसहित श्रेष्ठको मेची–महाकाली साइकल यात्रा

४ मंसिर, २०७७ झापा । महिला सशक्तिकरणको सन्देशसहित झापा भद्रपुरकी स्वेता श्रेष्ठले मेचीदेखि महाकालीसम्म साइकल यात्रा गर्नु भएको छ ।

मंसिर १० गते झापाको मेची पुलबाट शुरु भएको साइकल यात्रा करिब एक हजार किलोमिटर दूरी तय गर्दै चाँदनी दोधारा पुगेर सम्पन्न भएको हो ।

हेटौंडा वन विज्ञान क्याम्पसबाट वन विज्ञानमा स्नातक अध्ययन पूरा गरेकी श्रेष्ठले महिला पनि शारीरिक रुपमा सक्षम छन् भन्ने सन्देश दिनुभएको छ ।

पछिल्ला वर्षमा देशभर नै साइक्लिङको क्रेज बढ्दै गएकोमा श्रेष्ठले खुसी व्यक्त गर्नुभयो । स्वेताले साइकल यात्रा शुरु गरेको ११ औं दिनमा उहाँका भाइ दिव्यराज श्रेष्ठले पनि साथ दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *