कञ्चनपुरमा दुवै हात नभएको अनौठो शिशुको जन्म
२०७७ मंसिर ३० गते ६:१५

३० मंसिर, २०७७ कञ्चनपुर । कञ्चनपुरको झलारीस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहमा अनौठो शिशुको जन्म भएको छ ।
शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका १८ वर्षीया करिना लुहारले अनौठो शिशु जन्माएकी हुन् । नवजात शिशुका दुवै हात छैनन् ।
पहिलो सन्तानका रुपमा जन्माइएको शिशु स्वस्थ्य रहेको शिशुका बुबा शङ्करले बताउनुभयो । “शिशुका दुवै हात छैनन्”, उहाँले भन्नुभयो, “आमा र शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।” तस्वीरः सांकेतिक मात्र
प्रतिक्रिया