दाङमा गुडिरहेको बसमा आगलागी
२०७७ मंसिर २९ गते ९:१०

२९ मंसिर, २०७७ तुलसीपुर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।
बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो ।
मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताउनुभयो ।
आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५/१६ जना यात्रु भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया