धनुषामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २७ गते १३:१७
धनुषामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

२७ मंसिर, २०७७, जनकपुरधाम । धनुषामा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

धनुषाको चमेनी खोलामा गएराति भएको ट्याक्टर दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक क्षिरेश्वरनाथ नगरपालिका,७, दुर्गाटोलका २७ वर्षीय शिवनाथ सदा र सोही स्थानका २४ वर्षीय नन्दु यादव रहेका छन् ।

मिथिला नगरपालिकाको चमेनीमाई मन्दिरमा भाकल चढाई फर्किने क्रममा ज १ त ८३५१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

मृतक दुबै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *