छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सक खटाइएको स्थानमा नगए कारबाही गरिने

२३ मंसिर, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी छात्रावृत्तिमा अध्ययन गरेका चिकित्सक खटाइएको स्थानमा हाजिर नभए कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य मन्त्रालयले खटाइएको स्थानमा पाँच दिनभित्र हाजिर नभए सरकारको तर्फबाट लगानी असुल उपर गर्ने र कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिएको छ।
मन्त्रालयले चिकित्साशास्त्र छात्रवृति छनोट तथा छात्रवृति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ को प्रावधान अनुसार मन्त्रालयमा कबुलियतनामा गरी पढेका चिकित्सकलाई खटाइएको अस्पतालमा पाँच दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, त्रिवि शिक्षण अध्ययन संस्थान, आइओएम र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमडी , एमएस, एमडीएसमा अध्ययन गरेर कबुलियतनामा बमोजिम मन्त्रालयले सरकारी अस्पतालमा खटाउने व्यवस्था छ।
प्रतिक्रिया