जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा

हिमालय टिभी
२०७७ मंसिर २३ गते १७:३५
जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा

२३ मंसिर, २०७७, जनकपुरधाम । जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवन आज उद्घाटन गर्नुभयो । मन्त्री भट्टराइले विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो ।

जनकपुर विमानस्थलमा नयाँ ट्रमिनल सञ्चालनमा आएसँगै करिव ५३ वर्ष पुरानो ट्रमिनल भवन विस्थापित भएको छ । नयाँ भवन बनाउन आठ वर्ष लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *