६४९५ जनामा परीक्षण गर्दा थप १०९६ जनामा कोरोना पुष्टि, थप १७ जनाको मृत्यु

२१ मंसिर, २०७७ काठमाडौं । नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४०९८१ पुगेको छ । नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पीसीआर परीक्षण भएको छ।
काठमाडौं उपत्यकामा ४ सय ८४ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ३ सय ५१, ललितपुरमा ७४ र भक्तपुरमा ५९ जना संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५९४ पुगेको छ।
नेपालमा थप १७५२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२५८०५ पुगेको छ । हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ
प्रतिक्रिया