गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल पहिला बन्छः मन्त्री भट्टराई

हिमालय टिभी
२०७७ मंसिर २० गते १९:०५
गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल पहिला बन्छः मन्त्री भट्टराई

२० मंसिर, २०७७ भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन २२ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सबैभन्दा पहिला पूरा हुने दावी गर्नुभएको छ ।

उहाँले अहिले नै सम्पन्न गर्न यति समय लाग्छ भन्नु भन्दा पनि २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न हुने पहिलो आयोजना बन्ने बताउनुभयो ।

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले कोरोनाका कारण आयोजना पर्खिनु र हेर्नुको परिस्थितिमा रहेको बताउनुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले कोरोना संक्रमणको त्रासका कारण विदेशबाट प्राविधिक जनशक्ति आउन तयार नभएकोले समस्या भएको बताउनुभयो ।

सहजिकरणका लागि पहल गरिदिन उहाँले मन्त्री भट्टराईलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *