बर्दियामा कार र टिपर ठोक्किदा दुई जनाको मृत्यु, तीन जना घाइते
२०७७ मंसिर १८ गते १९:४३

१८ मंसिर, २०७७, बर्दिया । बर्दियाको मधुबन नगरपालिकामा आज दिउँसो कार र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
दुर्घटनामा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ बेलौलीका २५ वर्षीय सुरेन्द्र गोडीया र कञ्चनपुरका १७ वर्षीय निधि सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
गुलरियाबाट कञ्चनपुरका लागि छुटेको बा १६ च २४५३ नम्बरको कार र ना ८ ख ३१४ नम्बरको टिपर ठोक्किदा बर्दियाको गुलरिया ४ का कार चालक २४ बर्षीय मनोज लोनिया, कञ्चनपुरका कमला सुनार र कृतीका सुनार घाइते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया