श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको पनि मृत्यु

१७ मंसिर, २०७७, इलाम । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमानको पनि मृत्यु भएको छ ।
महेन्द्र रत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उहाँकी श्रीमती अम्बिकाको १५ गते मृत्यु भएको थियो ।
फाकफोकथुम गाउँपालिका–४ का डबलसिंह कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचार गराइरहेका पुरुषको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उहाँको स्वाब सङ्कलनको रिर्पोट पोजेटिभ आएको थियो ।
उपचाररत मगरलाई मङ्सिर १३ भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई सुनाएको थियो । अस्पतालबाट आफ्ना श्रीमानको खबर सुनेपछि अप्ठेरो महशुस गरेको श्रीमतीलाई पनि उपचारका लागि अस्पताल पु¥याउँदै गर्दा मृत्यु भएको बताइएको छ ।
उपचाररत पुरुषको पहिले कोरोना सङ्क्रमण पोजेटिभ थियो । गत १५ गते पुनः गरिएको स्वाब परीक्षणको रिर्पोट आइनसकेको स्वास्थ्य कार्यालय इलामका स्रोत व्यक्ति विमल बरालले बताउनुभयो । श्रीमतीको हर्टअट्याकका कारण मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया