बालयौन दुराचारको आरोपमा पोखरामा फ्रान्सेली नागरिक पक्राउ

१६ मंसिर, २०७७ काठमाडौं । बाल यौन दूराचारको आरोपमा प्रहरीले पोखराबाट एक फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१७ फुर्सेखोला बगर किनारबाट ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ ।
उनले १२ , ८ र ७ वर्षका गरी ३ नाबालकलाई यौन दुराचार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभएको छ ।
उद्धार गरिएका नाबालकलाई भने अभिभावकको जिम्मा लगाईएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आई पोखरा महानगरपालिका खहरेमा बस्दै आएका थिए ।
प्रतिक्रिया