बर्दियामा नदीजन्य सामग्री उत्खनन, संकलन र विक्रीमा रोक

हिमालय टिभी
२०७७ मंसिर १३ गते १३:४९
बर्दियामा नदीजन्य सामग्री उत्खनन, संकलन र विक्रीमा रोक

१३ मंसिर, २०७७ बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले नदीजन्य सामग्री उत्खनन्, संकलन र विक्री वितरणमा रोक लगाएको छ ।

बर्दिया प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अवैध नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन्, संकलन र विक्री वितरणमा रोक लगाइएको जनाएको हो ।

गृह मन्त्रालयले गरेको परिपत्रअनुसार अर्को निर्णय नहुँदासम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै हालसम्म संकलन गरेर राखिएका नदीजन्य पदार्थ पनि विक्री वितरण र ओसारपसार गर्न पनि पाइने छैन ।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा अन्य महत्वपूर्ण विकास आयोजनाहरुका लागि भने आवश्यक पर्ने नदीजन्य सामग्री सहज आपूर्तिका लागि सहजीकरण गरिने प्रशासन कार्यालयले जनाएको छ ।

बर्दिया जिल्लामा हालसम्म १० वटा क्रसर र २ वटा बालुवा प्रशोधन गरी १२ वटा उद्योग सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *