चितवन कारागारबाट जबरजस्ती करणी मुद्दाका थुनुवा फरार

Himalaya Television
२०७७ मंसिर १२ गते ८:३७

चितवन कारागारबाट जबरजस्ती करणी मुद्दाका थुनुवा फरार

१२ मंसिर, २०७७, चितवन । कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबर्जस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

उहाँका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो ।

कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs