गृह जिल्लामा अर्थमन्त्री पौडेललाई कालो झण्डा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते १५:०२
गृह जिल्लामा अर्थमन्त्री पौडेललाई कालो झण्डा (भिडियोसहित)

१० मंसिर, २०७७ रुपन्देही । दोस्रो पटक अर्थमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुग्नु भएका अर्थमन्त्री विष्णु पौडेललाई आज पनि कालो झण्डा देखाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले पौडेललाई बुटवलको बसपार्कमा कालो झण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशको राजधानी मन्त्री पदसँग साटेको उनीहरुले आरोप लगाएका थिए । बिहानै सैनामैनाका विभिन्न कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा कांग्रेस कार्यकर्ताले कालो झण्डा प्रदर्शन गर्दै पौडेलविरुद्ध नाराबाजी गरेका थिए ।

मन्त्री पौडेलको सुरक्षामा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशको राजधानी सार्न गरिएको षड्यन्त्रमा मौनता साँधेकाले विरोधमा कालो भण्डा प्रदर्शन गरिएको कांग्रेस कार्यकर्ताले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *