पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

Himalaya Television
२०७७ मंसिर ८ गते १८:३५

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

८ मंसिर, २०७७, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। यात्रु गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा पोखराको लेकसाइड बस्दै आएका फिस्टेल प्याराग्लाइडिङका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको जिल्लाका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पताल पुर्‍याइएकोमा त्यही नै मृत्यु भएको थियो ।

प्याराग्लाइडिङकी यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्वर २ की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्याराग्लाइडिङ ल्यान्ड हुनुपर्ने स्थानभन्दा डेढदुई किलोमिटर टाढा पुगेर दुर्घटना भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs