कोशीटप्पु आरक्षमा करेन्ट लागेर हात्तीको मृत्यु
२०७७ मंसिर ८ गते १३:४१

८ मंसिर, २०७७, सुनसरी । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केर मानव बस्ती पसेको हात्तीको करेण्ट लागेर मरेको छ ।
वन्यजन्तु आरक्षबाट निस्केको दाह्रे जङ्गली हात्तीको सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित पडेमारामा करेण्ट लागेर मरेको कोशीटप्पु वन्यजन्तु आरक्षका वार्डेन चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो।
वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीको पडेमारा भन्ने स्थान नजिकै विद्युत् पोलमा शरीर घिसार्ने क्रममा अचानक तार चुँडिएर करेण्ट मरेको आरक्षले जनाएको छ ।
३३ हजार केभीको हाईटेन्सन विद्युतबाट करेण्ट लागेको हात्ती धान खेतमा मृत फेला परेको थियो । मृत हात्तीले विद्युत्को पोलसमेत भत्काइदिएपछि त्यसक्षेत्रमा विद्युत्अवरुद्ध भएको छ ।
प्रतिक्रिया