अवैध सामान नियन्त्रणमा लिन प्रहरीद्वारा विराटनगरमा हवाई फायर

हिमालय टिभी
२०७७ मंसिर ७ गते १३:५९
अवैध सामान नियन्त्रणमा लिन प्रहरीद्वारा विराटनगरमा हवाई फायर

७ मंसिर, २०७७ मोरङ । अवैधरुपमा भारतबाट ल्याएको सामान नियन्त्रण लिन प्रहरीले मोरङको विराटनगरमा हवाई फायर गरेको छ।

तस्करी गरेर भारतबाट ल्याइएको सामान नियन्त्रणमा लिन प्रहरीले विराटनगर–१७ मटेरुवामा आज बिहान हवाई फायर गरेको हो ।

भन्सार छली गरेर भारतबाट अवैध रुपमा तस्करीका सामान लिएर आउँदै गरेको तस्कर समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर तनाव भएको थियो ।

दुई जना सादा पोशाकमा रहेको टोलीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा हुलहुज्जत गरेर एक दर्जन बढीको संख्यामा रहेका तस्करको समूहले अवरोध गरेपछि एक राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो।

प्रहरी र तस्कर समूहबीच घम्साघम्सी हुँदा एक जना प्रहरी सामान्य घाइते भएका छन् । तस्करी गरि ल्याएको एक बोरा बेल्टसहित विराटनगरकी ३३ वर्षीय रविना खातुनलाई प्रहरीले पक्रेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *