मन्थलीमा भएको आगलागीमा पाँच वर्षीय बालकको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर ६ गते १८:११
मन्थलीमा भएको आगलागीमा पाँच वर्षीय बालकको मृत्यु

६ मंसिर, २०७७, रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ (गायाबेटे) मा आगलागी परेर एक बालकको मृत्यु भएको छ ।

मुत्यु हुनेमा ५ वर्षीय सुजन रम्तेल रहेको प्रहरीले जनाएको छ । घरभित्रै खेलिरहेका रम्तेलको विद्युत सर्ट भइ शनिबार दिउँसो लागलागी हुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

आगलागीमा परी अन्नपात र लताकपडा समेत नष्ट भएको छ । घटनामा परी ज्यान गुमाउनेको परिवारलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार नै राहत स्वरुप २ लाख नगद र रेडक्रसबाट उपलब्ध गराइएको १ सेट फेमिली किट, त्रिपाल, मण्डी, १ सरो लत्ता कपडा तथा भाँडा वर्तन उपलब्ध गराउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *