८१४४ जनाको पीसीआर परीक्षण गर्दा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

६ मंसिर, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३ सय नाघेको छ ।
पछिल्लो पटक थप ७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको एक हजार ३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक थप एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १ सय ४४ नमूना परीक्षण गर्दा ६ सय ६१ महिला र एक हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
काठमाडौं उपत्यकामा ८ सय ९९ संक्रमित थपिएका छन् । काठमाडौंमा ६ सय ८५ जना, ललितपुरमा एक सय ६५ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका छन् ।
यसैगरी कास्कीमा ७५ , चितवनमा ६१, झापा र रुपन्देहीमा ५७र५७ , काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कपिलवस्तु र नवलपरासीमा ३३र३३, नवलपुरमा २८, मकवानपुरमा २५, पाल्पामा १९, धादिङमा १८, बर्दियामा १७ र धनुषामा ११ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक दुई हजार तीन सय २३ जना संक्रमणमुक्त भएका छन । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ ।
अहिले देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २ सय ६ जना होम आइसोलेसनमा छन् । ३ सय ३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया