उपपमेयर र केही कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरपालिकाको सेवा बन्द

हिमालय टिभी
२०७७ मंसिर ५ गते १३:२८
उपपमेयर र केही कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरपालिकाको सेवा बन्द

५ मंसिर, २०७७, पोखरा । उपमेयर मञ्जुदेवी गुरुङसहित केही कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकामा अत्यावश्यकबाहेकका सेवाहरु बन्द गरिएका छन् ।

आइतबारदेखि सीमित कर्मचारीले अत्यावश्यक सेवा दिनेगरी अन्य सेवा बन्द गर्ने महानगरपालिका कार्यपालिका बोर्डले निर्णय गरेको छ । आज भने छठ पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ ।

महानगर पालिकाका अधिकांश शाखाका कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाले बोर्ड बैठकले अत्यावश्यक बाहेकाका सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिनुभयो ।

प्रमुख प्रसासकीय अधिकृतका सवारी चालकलाई संक्रमण पुष्टि भएपछि असोज २९ गते देखि एक हप्ता कार्यालय बन्द भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *