भारतीय दुधुवा नेशनल पार्कमा एक नेपालीका हत्या
२०७७ मंसिर ४ गते १८:५६

४ मंसिर, २०७७ कञ्चनपुर । कञ्चनपुरसँग सीमा जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा एकजना नेपाली नागरिकको हत्या भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्वर ७ उदरीका ३५ वर्षीय शिवलाल रानाको आज हत्या भएको हो । बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
मृतक रानाका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।
घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनुभयो।
प्रतिक्रिया