Main News
राप्रपा नेता वैकुण्ठबहादुर चन्दको निधन
२०७७ मंसिर ३ गते १३:५१

३ मंसिर, २०७७ काठमाडौं । तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता वैकुण्ठबहादुर चन्दको निधन भएको छ ।
मिर्गौला रोगबाट पीडित ८८वर्षीय चन्दको आज बिहान ६ बजे निदान अस्पताल काठमाण्डौमा निधन भएको हो ।
गुल्मीको मदाने गाउँपालिका वडानम्बर १ अग्लुङका स्थायी बासिन्दा चन्द ०३८ र ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो । चन्दलाई विकासप्रेमी नेताका रुपमा चिनिन्छ ।
गुल्मीमा मोटरबाटो लैजान चन्दको ठूलो योगदान थियो । चन्दको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले छोरा भरतबहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतिक्रिया