वीरगञ्जमा पोषिलो खाजासहित ट्यूसन कक्षा, विद्यार्थी दङ्ग, अभिभावक खुसी (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २८ गते १४:२४
वीरगञ्जमा पोषिलो खाजासहित ट्यूसन कक्षा, विद्यार्थी दङ्ग, अभिभावक खुसी (भिडियोसहित)

२८ कात्तिक, २०७७, पर्सा । लामो समय विद्यालय जान नपाएका बालबालिकाका लागि पर्साको वीरगञ्जमा युवालय नामक संस्थाले ट्यूसन कक्षा सञ्चालन गरेको छ । वीरगञ्जका विभिन्न वडामा संस्थाले बालबालिका लागि पोषिलो खाजासहित कक्षा सञ्चालन गरेको हो।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि चैत ११ गते लकडाउन गरेपछि बन्द भएका विद्यालय र कलेज अझै सञ्चालनमा आएका छैनन् । यसैबीचमा पर्सामा युवालय नामक संस्थाले आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई ट्युसन कक्षा संचालन गरेको छ ।

वीरगंज महानगरपालिका वडा नम्बर १२, १७, २४, २८ र ३० का विभिन्न क्षेत्रमा यस्तो कक्षा सञ्चालन गरिएको छ । यसले लामो समय विद्यालयबाट बाहिर रहेका बालबालिका खुसी भएका छन् ।

युवाको प्रयासबाट संचालन गरिएको ट्युसन कक्षाबाट स्थानीय अभिभावक पनि दंग छन् ।

यूवालयले विद्यार्थीका लागि शैक्षिक सामग्री र हप्ताको दुई दिन पोषिलो खाजाको पनि व्यवस्था गरेको छ । एउटा ट्यूसन सेन्टरमा २० जना विद्यार्थी राख्ने गरिएको छ । कोरोना महामारीबाट प्रभावित धेरैभन्दा धेरै बालबालिकालाई समेट्ने युवालयको योजना छ ।

युवालयले बालमैत्री सिकाइमा जोड दिएको छ । अझै एक वर्ष यस्तो सेन्टर चलाउने उसको योजना छ । विद्यालयबाट लामो समय बाहिर रहेका बालबालिका नराम्रो काममा नलागुन भनेर युवालयले शुरु गरेको यस्तो प्रयास प्रसंसनीय छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *