समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

Himalaya Television
२०७७ कार्तिक २७ गते ८:३१

समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

२७ कात्तिक, २०७७ तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आउनुभएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो ।

उहाँको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिनुभयो ।

भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको उहाँले बताउनुभयो ।

उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs