तौलिहवामा ‘नयाँ लुगा, न्यानो लुगा’ अभियान सञ्चालन
२०७७ कार्तिक २६ गते १७:२३

२६ कात्तिक, २०७७, कपिलवस्तु । कपिलवस्तुको तौलिहवामामा “नयाँ लुगा, न्यानो लुगा” अभियान सञ्चालन गरिएको छ । मधेस मानव अधिकार गृह (माहुरी होम) ले स्थानीयस्तरमा सहयोग जुटाई अभियान सञ्चालन गरेको हो ।
अभियान अन्तर्गत कात्तिक पूर्णिमासम्मको अवधिमा १ सय ५५ परिवारका गरिब विपन्न ६ सयभन्दा बढीलाई नयाँ न्यानो लुगा दिइनेछ ।
अभियानले तत्कालका लागि कपिलवस्तु र रुपन्देहीको मर्चवार क्षेत्रमा न्यानो कपडा उपलव्ध गराउने बताएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बाल गृहका २९ बालकलाई जाडोको लुगावापत ४० हजार हस्तान्तरण गर्नुभयो ।
माहुरी होमका अध्यक्ष रवी ठाकुरले गरिब र विपन्नका लागि खाधान्न र अन्य सहयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीले अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया