रामेछापमा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु
२०७७ कार्तिक २६ गते १३:०३

२६ कात्तिक, २०७७ रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ स्थित शोतिमा भएको कन्टेनर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
दोलखाबाट ओखलढुंगाका लागि छुटेको युनाइटेड सप्लायर्स ओखलढुंगाको कन्टेनर दुर्घटनामा उदयपुर कटारीका ३२ वर्षीय चालक प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोल्ड ड्रिङ्क्स र तरकारी बोकेको कन्टेनर सडकबाट ५० मिटर तल खसेको थियो । गाडीमा चालक मात्र फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया