कोरोनाका कारण रक्तदान नहुँदा प्रदेश १ मा रगत अभाव

हिमालय टिभी
२०७७ कार्तिक २५ गते १३:०९
कोरोनाका कारण रक्तदान नहुँदा  प्रदेश १ मा रगत अभाव

२५ कात्तिक, २०७७ विराटनगर । कोभिड १९ को कारण रक्तदान कार्यक्रम नहुँदा प्रदेश १ मा रगतको अभाव भएको छ ।

मुख्यतः विराटनगर, धरानलगायतका रक्तसञ्चार केन्द्रमा संचित रगत नहुँदा जटिल खालका बिरामीको शल्यक्रिया प्रभावित हुन थालेको छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति विनोद सिंहले रेडक्रस सोसाइटीमा अहिले संचित रगत नहुँदा समस्या भएको जानकारी दिनुभयो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको रक्तसञ्चार केन्द्रको ब्लड बैंकमा पनि रगत अभाव भएपछि त्यहाँ पनि बिरामीको अप्रेशन लगायतका कार्य प्रभावित भएको छ ।अहिले बिरामीका आफन्तले दाता खोजेर ल्याएमा मात्रै रक्त सञ्चार केन्द्रहरुले रगत दिने गरेका छन् ।

रगत नपाउँदा गाइनो, मुटुका अप्रेशन, डाइलाइसिस र आकस्मिक कक्षमा आएका बिरामीहरुलाई धेरै समस्या भइरहेको पनि ब्लड बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *