वादी समुदायले आवासका लागि पाए यस्तो पक्की घर (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १४:२९
वादी समुदायले आवासका लागि पाए यस्तो पक्की घर (भिडियोसहित)

२२ कात्तिक, २०७७, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट बसाईँसराई गरेर आएका र कञ्चनपुरका विभिन्न क्षेत्रमा बस्दै आएका वादी समुदायले आवासका लागि पक्की घर पाएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ९ र १० मा १०– १० तथा वडा नम्बर ३ र ६ मा १– १ गरी २२ वटा घर निर्माण गरिएको हो ।

संघीय सांसद दीपक प्रकाश भट्टको संसदीय विकास पूर्वाधार कोष र भीमदत्त नगरपालिकाको साझेदारीमा तीन वटा वडामा वादी परिवारका लागि २२ वटा घर निर्माण गरिएको हो । सुरक्षित आवासमा पहुँच नपुगेका वादी समुदायका लागि घर निर्माण गरिएको हो ।

यी घर बन्नुअघि अनेकौं समस्या झेलेका वादी समुदाय अहिले पक्की घर बनेपछि औधी खुशी छन् ।

आर्थिक रुपले पिछडिएका राउटे, वादी, दलितलगायतका नागरिकलाई छानाविहीन नराख्ने नीति अनुसार काम अघि बढाएको नगरपालिका मेयर सुरेन्द्र विष्ट बताउनुहुन्छ ।

महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका वादी समुदायले मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । उनीहरुले नदी बगरको ऐलानी जग्गाको स्वामित्व भने पाएका छैनन् । नापजाँच गरी बस्दै आएको ठाउँको जग्गाको स्वामित्व दिनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *